अभिषेक बच्चनलाई भनियो थर्ड क्लास

- मेराेफिल्म

बलिउड अभिनेता अभिषेक बच्चनलाई थर्ड क्लास’ अभिनय भन्न थालिएको छ । हालै रिलिज भएको उनी अभिनित फिल्म ‘द बिग बुल’ को अभिनय हेरेर प्रतिक्रिया दिनेले थर्ड क्लास भनेका छन् । उनको यो फिल्म गत ८ अप्रिलबाट ओटीटी प्लेटफर्म डिज्नी हटस्टारमा रिलिज भएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मको आलोचना गर्दै कतिपयले अभिषेकको अभिनयलाई ‘थर्ड क्लास’ भनेपछि अभिेषेक रन्थिनिएका छन् । यि सामाजिक प्रयोगकर्तालाई अभिषेकले यसको गतिलो जवाफ फर्काएका छन् । उनको फिल्मलाई नराम्रो भनिएता पनि फिल्मलाई दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया दिएका छन् । अभिषेकको तारिफ गरेका छन् ।

फिल्ममा कुकी गुलाटी निर्देशित तथा अजय देवगन निर्मित फिल्ममा इलियाना डिक्रूज, निकिता दत्ता, सौरभ शुक्ला, राम कपूर लगायतको पनि अभिनय रहेको छ ।

२०७७ चैत २८ गते १६:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *