नयाँ वर्षको संघारमा सुनिता र दिनेश भन्छन्,‘हुन्न कसैको’

- मेराेफिल्म

नयाँ नेपाली मौलिक लोक दोहोरि गीत ‘हुन्न कसैको’ भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालकै च्यानलबाट सार्वजनिक गरिएको हो ।
यो लोक दोहोरी गीतलाई गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन् । गीत उनीहरुको स्वरमा निकै कर्णप्रिय बनेको छ । जसमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ ।

अहिलेका ब्यस्त मानिने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन् । यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई, कमला बस्नेत ,समिक्षा भुजेललगायतको अभिनय रहेको छ ।
भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् । जसमा सुजन श्रेष्ठको छायाँकन रहेको छ । यो गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाँकन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ ।

२०७७ चैत ३१ गते १७:१८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *