अमिताभ कै अगाडी रेखाको गाला चट्काइन् जयाले

अभिनेत्री जया बच्चनको ७३ औं जन्मदिन मनाइरहँदा भारतिय मिडियाले एक कुरा बाहिर ल्याएका छन् । जया र रेखाको प्रेम सम्बन्ध गहिरिएपछि उनले जयाले सुटिङ सेटमा नै रेखालाई झाप्पड हानेकी थिइन् ।

समाचारमा भनिएको छ ,अमिताभ बच्चन रेखाबीचको प्रेम उत्कर्षमा पुगेको बेला एकदिन अचनाक जया फिल्मको सेटमा पुगिन् । सुटिङ सेटमा अमिताभ र रेखा मस्त कुराकानी गरिरहेका थिए । यो कुरा जयालाई सह्य भएन । जयाले सबैको सामुन्ने रेखालाई थप्पड हानिन् । अमिताभ त्यहाँबाट चुपचाप बाहिरिए ।

यसै बेला जयाले रेखालाई फिल्मबाट निकाल्ने कोसिस गरेकी थिइन । तर, रेखालाई फिल्मबाट निकाल्न संभव नभएपछि अमिताभलाई पनि फिल्म छाड्नका लागि जयाले जबरजस्ती गरिन् । अमिभाव फिल्ममा निस्कन नमिल्ने भएका कारण अमिताभले फिल्म छाडन्े कुरा स्वीकार गरेनन् ।

आफुले झापड खाएको कुरा रेखाले एक अन्तरवार्तामा भनेकी छन् । रेखाले अमिताभ र जयाको विषयको कुराकानीमा रेखासँग जब अमिताभ र जयाको विषयमा सोधिएको थियो । यस बारेमा रेखाले भनेकी छन्,‘मलाई लाग्छ कि जया आफ्ना श्रीमान् अमिताभबाट असुरक्षित छैनन् ।’
अभिनेत्री जयाले १५ वर्षको कलिलो उमेरबाट नै फिल्ममा अभिनय गर्न थालिसकेकी थिइन् ।