अभिषेक बच्चनको छायांकनरत फिल्ममा प्रहरी अवरोध

बलिउड अभिनेता अभिषेक बच्चनको छायांकनरत एक फिल्ममा प्रहरीले अवरोध गरेको छ । पार्कमा भइरहेको फिल्मको छायांकनलाई प्रहरीले बीचमै रोक लगाएको हो ।

यद्यपि सुटिङको अनुमति भए पनि कोभिड–१९लाई मध्यनजर गर्दै एहतियातन प्रहरीले सुटिङमा रोक लगाएको हो ।

आजतकमा प्रकाशित समाचारअनुसार लखनऊको बेगम हजरत महल पार्कमा बेलुकाको समयमा सुटिङ भइरहेको थियो । सुटिङ भइरहेको स्थानबाट कसैले प्रहरीलाई सूचना दिएपछि प्रहरी आएर सुटिङ रोकेको थियो ।

फिल्मको छायांकनमा रोक लगाइरहँदा त्यसको फोटो र भिडियो खिच्ने फिल्मका सदस्य र प्रहरीबीच झडप भएको थियो ।

डीसीपी सेन्ट्रल जोनका सुमन वर्माले अभिषेकको फिल्ममा ५० देखि ६० जना मानिसको उपस्थित भएकाले प्रहरीले त्यसलाई रोक लगाएको बताए ।

अभिषेक अभिनित फिल्म ‘बिग बुल’ केही समयअघि मात्र रिलिज भएको थियो । हटस्टारमा रिलिज भएको फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन ।

उनी वेब सिरिज ‘ब्रीद’मा देखिएका थिए । जहाँ उनको कामको प्रशंसा भएको थियो ।