के दुर्लभ नै हुन् अनमोल ?


अनमोल केसी फिल्म क्षेत्रमा सितिमिती नभेटिने अभिनेता नै हुन् भनेर भनौ । किनभने, उनलाई भेट्न मुश्किल छ । नेपाली फिल्ममा कलाकारहरु चोकमा, गल्लीमा, रेष्टुरेन्टमा सजिलो रुपमा भेटिएका पनि हुन् । अभिनेता अनमोल केसी फरक छन् । उनलाई भेट्न सजिलो छैन ।

अनमोल केसीलाई उनी आफै पनि दुर्लभ लाग्दोरहेछ । उनी, आफूलाई आफू दुर्लभ छु भनेर थाहा भएको भनेर लेख्छन् । अनमोललाई लिएर फिल्म बनाउन सक्दैनन् सजिलै फिल्म बनाउनेहरु पनि । यही भएर पनि होला, उनी दुर्लभ नै छन् । फिल्म चलेको बेलामा अरु बेलामा त संचारमाध्यममा उनको अन्तरवार्ता पनि आउन्न ।

यी सबै कुराले उनी आफूलाई दुर्लभ भनिरहेका होलान् । अनमोल केसी दुर्लभ भएर चलेका हुन् त ? उनको माग यही भएर पनि भएको हो कि के ?