अनी, फिल्म चै कस्तो बन्छ त मुकुन्दजी ?

- मेराेफिल्म


बोल्न त सजिलो हो नी । कती सजिलो सजिलो नी । बनाएर देखाउन ज्वरो आउँछ नी फेरि । नेपालमा फिल्म बनाउनेलाई हेर्दा पनि भयो नी होइन र । फिल्म बनाउँदा यस्तो र उस्तो भन्ने । बनाएपछि हेर्न नसकिने बनाउने ।

मुकुन्द भट्टको कुरा गर्दा नी भयो । लप्पन छप्पन बन्दा पनि भनेकै हुन्, यस्तो उस्तो भनेर । फिल्म चलेन । फ्लप फिल्म भयो । दर्शकले मन पराएनन् । लप्पन छप्पन २ झनै राम्रो बनेको छ भनेर भनेको भनै छन् । पहिले त फिल्म रिलिज हुन नसकेर सारेको साह्रै छन् । अनी, फेरि फिल्म कस्तो बनेको छ भनेर अहिले भन्न सकिने पनि होइन ।

अब त एक्स ९ फिल्म बनाउने रे । फिल्म नेपाली फिल्मकै ठूलो एक्सन र थ्रिलर फिल्म रे । अहिलेसम्म नदेखिएको दृश्य यो फिल्ममा । गफै न त हो भनेर भन्दा नी भयो ।

फिल्म बनिसकेपछि कस्तो हुने हो ? बनिसकेपछि भन्दा पनि हुने ।

२०७८ वैशाख २ गते १५:४८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *