अदिती बोल्ड बनेर विज्ञापन गर्छिन्


अभिनेत्री अदिती वुढाथोकीको फिल्म बाबरी क्याफे छायांकनमा कहिले जान्छ ? वैशाख ६ गतेदेखि छायांकन सुरु हुने भन्ने कुरा भयो । फिल्मको छायांकन सुरु नभएर के भयो र अदितीलाई । हिट छिन् उनी । सामाजिक संजालमा चर्चा उनको । फोटोको चर्चा उनको ।

अदितीका फोटो हट हुन्छन् । उनी हट फोटो हाल्छिन् । तर, एउटा कुरा याद गर्नुभएको छ कि छैन, अदिती हट फोटोसँगै कुनै न कुनै ब्रान्डको विज्ञापन पनि गरिरहेकी छिन् ।

अदितीले केही ब्रान्डको सामाजिक संजालबाट प्रमोशन गरिरहेको पाइन्छ । यसवापत उनी राम्रो कमाई पनि गरिरहेकी छिन् । बोल्ड फोटो पनि हाल्ने, पैसा पनि कमाउने, प्रमोशन पनि गर्ने । कुरा त यही न हो । अदितीलाई जस्तो विन्दास अरु कसलाई त ।