फिल्म सुटिङ कहिले, दिपिका–रोहितको घुमघाम अहिले


निर्देशक दिवाकर भट्टराई बनाउँदैछन् फिल्म तिमीसँगै हुने मन छ । फिल्मको कुराकानी भएको त धेरै भयो । कहिले पल शाह र निराजन प्रधान पनि हिरो भनियो । तर, फिल्म अझै बनेको छैन । कोरोना त छदै छ कारण देखाउन । फिल्ममा अब मुम्बइका कलाकार रोहित सुचान्ती, अभिनेता नाजिर हुसेन, अभिनेत्री दिपिका प्रसाइले काम गर्दैछन् ।

फिल्मको छायांकन सुरु हुने कहिले हो ? गर्ने भनेका छन् दिवाकरले । रोहित नेपाल आएर वर्कशप गरिरहेका छन् ।

रोहितसँग दिपिकाले होली पनि खेलिसकिन् । उनीहरुविचको फोटो त दिवाकरले राखेको राखै छन् । अभिनेता र अभिनेत्रीको केमेष्ट्री आएको आई छ । तर, फिल्म सुरु कहिले हो कुन्नी ?