क्राईम थ्रिलर वेबसिरिज ‘अघोरी’ मा रेमन दासको इन्ट्री

ह्यापी रेकोर्ड्स नेपालले निर्माण गर्न लागेको वेबसिरिज ‘अघोरी’ मा रेमन दास श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । रेमन दाससंगै सुमन चित्रकार श्रेष्ठ ,सपना तामांग ,किरण स्यान्ग्तान , सिरन बज्राचार्य , निश्चल जुङ्ग , अमिसा , तृप्ति लगायत कलाकारहरु फाइनल भैसकेको निर्देशक सुजन मानन्धरले बताए ।

यसअघि ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ नामक वेब्सिरिज निर्माण गरेको कम्पनीले यस पटक केहि फरक कार्यक्रम दर्शकलाई पश्किने कोशिश गर्नेछ । क्राइम थ्रिलर भएकोले मेकअपको जिम्मा अमृतको छ। अघोरीको कथा सुमन चित्रकार श्रेष्ठले लेखेका हुन भने संगीतको काम रिकेश मानन्धरको छ ।

वालकलाकारको रूपमा आयुष रिजालले भूमिका निर्वाह गगर्दैछन भने वेलाई निश बज्राचार्यले छायांकन गर्नेछन् । यसमा सुजन मानन्धरको सम्पादन र निर्देशन रहने निर्माणपक्षले जानकारी दिएको छ । उस वेव सिरियजका लागि विजया कार्की ,चाँदनी शाही, राम लगायत कलाकारहरु अडिसनबाट छानिएको निर्माण पक्षले जानकारी दिएको छ ।