ड्रग्स र अपराधको कथामा बनेको ‘ओभरडोज’को ट्रेलर सार्वजनिक

सुमन पौडेलको निर्देशनमा बनेको फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीको कथावस्तुमा निर्माण भएको फिल्ममा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ ।

फिल्ममा प्रनिसराज पन्त, सविनजंग थापा र बिना श्रेष्ठ, गौरव गुरुङ, स्वामी डिलेलगायतको अभिनय रहेको छ । फिल्मको कथा समेत निर्देशक पौडेलको रहेको छ । फिल्ममा नेपालीका अलवा अमेरिकाको कलाकारको समेत अभिनय रहेको छ । अंग्रेजी र नेपाली दुई भाषा प्रयोग गरिएको फिल्मले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्रा देखाउन खोजेको निर्माणपक्षको दाबी छ । मे १५ मा टेक्सस राज्यको डलासमा प्रिमियर तयारी भैरहेको फिल्म दादा प्रोडक्सन हाउसको निर्माण भएको हो । साजन कार्कीको सम्पादन रहेको फिल्म विश्वव्यापी प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ ।