देवी घर्तीमगरको ‘मुटुको टुक्रा’

- मेराेफिल्म

गायिका देवी घर्तीमगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो बाहिरिएको छ । जसमा  ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा  ६ वर्षकी बाल कलाकार काव्या श्रेष्ठको अभिनय रहेको छ ।
बेलायतमा नै जन्मिएकी काव्याले  भिडियोमा अनुभवी कलाकारको जस्तो अभिनय  गरेकी छिन् । काव्याले यसअघि तीज र आधुनिक गीतको भिडियोमा बाल कलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन् । उनी बेलायतमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुनुको साथै नेपाली नृत्यको पनि प्रशिक्षण लिइरहेकी छिन् ।

भिडियोमा ज्योती र काव्याका अलावा अनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीसँगै बाल कलाकार काव्या श्रेष्ठको पनि अभिनय रहेको छ । भिडियोमा कुशल श्रेष्ठको निर्देशन, छायांकन, सम्पादन र परिकल्पना छ । भिडियोमा नवीन निरौलाको कलर, दीपिका श्रेष्ठको मेकअप रहेको छ ।

 

२०७८ वैशाख ४ गते ९:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *