शान्तीश्रीको “सम्झे यति मन जल्दैन“

- मेराेफिल्म

नेपाली गीत संगीतको बजारमा एक पछी अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ ।

समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ ।

निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय तथा शब्द सृजना पृथलाल विश्वकर्मा रहेको छ । गीतमा रणधिर श्रेष्ठको छाँयाकन तथा सम्पादन र अर्जुन विसीको निर्देशन भिडियोमा रहेको छ  । गीतको म्युजिक भिडियोमा सारिका केसी र अर्जुन विसीको कारुणिक अभिनय देख्न सकिन्छ ।

२०७८ वैशाख ४ गते ९:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *