आर्यनले ‘दोस्ताना’ छाडेपछि तनावमा निर्माण टिम

- मेराेफिल्म

बलिउडमा फिल्मकर्मीको रडाको मच्चिएको छ । बलिउड फिल्म ‘दोस्ताना’को सिक्वेलको काम तिव्र गतीमा अघि बढिरहेको बेला कार्तिक आर्यन बाहिरिएपछि तनाव सिर्जना भएको छ । सन् २०१९ मै यो फिल्म निर्माणको घोषणा भएता पनि कोरोनाका कारण सरेको थियो ।

फिल्मको छायांकन सर्दे अहिलेसम्म आइपुग्दा २० दिनको छायांकन सकिसक्दा अभिनेता आर्यनले फिल्मबीचबाटे छाडेपछि तनाव उत्पन्न भएको हो । फिल्ममा कार्तिक आर्यन, जानवी कपुर र लक्ष्मी लालवानी मुख्य भूमिकामा अभिनय गरिरहेका थिए । फिल्मको छायांकनमा कार्तिक र निर्माण कम्पनी धर्मा प्रोडक्शनबीच सम्बन्ध उक्कासी विग्रिएपछि आर्यनले फिल्म छाडेको बुझिएको छ ।

भारतिय मिडियाका अनुसार एकातिर कार्तिकको डेट नमिल्नु उनलाई फिल्मको कथा मन नपरेका कारण उनले फिल्म छाड्नुको मुख्य कारण रहेको छ । फिल्म निर्माण टिमले व्यवसायिक धर्म निर्वाह नगरेको भन्दै धर्मा प्रोडक्शन र यसका प्रमुख करण जोहर उनीसँग रिसाएको भारतिय समाचारमा उल्लेख गरिएको छ । आर्यनले फिल्म छाडेपछि करणले यस फिल्ममा अभिनेताको भुमिका निर्वाह गर्नेछन् । यता अभिनेता कार्तिक आर्यनको फिल्म ‘धमाका, भूल भूलैया २’ रिलिजको पर्खाइमा छ ।

२०७८ वैशाख ४ गते ९:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *