कुशल र बिमाको ‘बन्धन’ सार्वजनिक

गायक कुशल बेलबासे र बिमा सारु मगरको स्वरमा नयाँ गीत ‘बन्धन’ सार्वजनिक भएको छ । यस गीतमा प्रयास कुँवर मगरको शब्द, संगीत रहेको छ ।
राज कुमार मगरको निर्देशनमा तयार भएको भिडियोमा भिडियोमा जुना गुरुङ, प्रयास कुँवर मगर, निर आले, हेमा मगर, राजेस बिसी, किरण मगर, बिनिता पुन, कञ्चन मगर लगायतको अभिनय देख्न सकिन्छ । भिडियोलाई दुर्गा पौडेलको छायांकन, राज कुमार मगरको सम्पादन गरेका छन् ।