हिना खानले बोल्ड तस्विर सञ्जालमा पोष्ट गरेसी फ्यानको केस हाल्ने धम्की

बलिउडकी अभिनेत्री हिना खान अक्सर बोल्ड तस्विरका कारण चर्चामा आएकी छन् । प्राय आफ्नो लुक्सको कारणले चर्चामा आइरहने उनी आफ्नो बोल्ड तथा ग्ल्यामरसका कारण पुन चर्चामा आएकी छन् । बोल्ड तस्विरका कारण उनका फ्यानले प्रशंसा गर्दै अझ उक्साइदिने काम गरेका छन् ।

यस्तै उनको हर्कतका कारण हालै फ्यानको धम्की समेत खानु परेको छ । हट एण्ड ग्ल्यामरस तस्बिर सार्वजनिक गरेपछि एक फ्यानले मजाक गर्दै केस गर्ने धम्की दिएका छन् । फ्यानको यो कमेन्टको जवाफमा अभिनेत्रीले पनि सोहीअनुसारको जवाफ फर्काएकी छन् ।
उनको फ्यानले लेखेका छन्,‘म तपाईलाई केस गर्छु । अहिलेको यस्तो गर्मीमा आफ्नो तस्बिरबाट मार्न चाहनुहुन्छ ।’ यो कमेन्ट देखेपछि अभिनेत्रीले जवाफमा लेखेकी छन्, ‘गर्नुस् ।’ यहि विषयलाई लिएर अहिले समाचारमा गसिपका पात्र बनेकी छन् भने उनको तस्विरको समेत प्रशंषा समेत भइरहेको छ ।