अर्जुन रामपाल कोरोना संक्रमित

अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत कोरोना संक्रमणको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको छैन । मैले आफुलाई घरमै क्वारेन्टाइनमा गरेको छु ।’ उनले आफुलाई कोरोना संक्रमण भएको र १० दिन यता आफ्नो सम्पर्कमा आएकालाई स्वास्थ्यको ख्याल राख्न र सावधान रहन समेत र स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन् ।

अहिले हामी सबैका लागि डरलाग्दो समय भएकोले हामीले सचेत भएर थोरै समयका लागि आफ्नो ख्याल राख्नुपर्ने बताएका छन् । उनले सबै मिलेर कोरोनासँग लड्न भनेका छन् । ‘हामी सबै मिलेर कोरोनासँग लड्न सक्छौ,’उनले भने ।