‘अमेरिकन आइडल’मा पुनः प्रतिष्पर्धा गर्दै दिवेश पोखरेल

नेपाली मुलका गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा भाग लिने भएका छन् ।  अप्रिल १९ मा प्रशारण हुने आइडलमा स्टेजबाट नै उनले प्रतिस्पर्धा गर्ने बताइएको छ । किनभने यसअघि दिवेश लगायत अन्य प्रतिस्पर्धीले कोरोनाका कारण घरबाट नै आफ्नो प्रस्तुति दिएका थिए ।

दिवेश १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए । गत वर्षको आइडलमा दिवेशलाई विजेता बनाउनका लागि विश्वभरका नेपालीले भोटिङ गरेका थिए । तर, उनको भोट कम आएका कारण उप विजेतासम्म भए ।  यस रियालिटीशमा दिवेशले उप–विजेताको रुपमा चित्त वुझाउँदा जस्ट स्याम विजेता बनेकी थिइन् ।

अव विजेता बन्ने हिसावले नै उनी अमेरिकन आइडलको अर्को सिजनमा प्रतिष्पर्धा गर्न लागेका हुन् । कमब्याक प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाउनेले उत्कृष्ट १० मा स्थान सुरक्षित गर्नेछन् ।