पल र पूजाले भिडियोमै चित्त वुझाउने जस्तो छ


म यस्तो गीत गाउँछु २ चलेको भए अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको करिअरमा के के हुन्थ्यो हुन्थ्यो । फिल्म रिलिजको मुखमा आएर भएन । फिल्म रिलिज हुने भनिएको पनि १ बर्ष भन्दा धेरै भयो । फिल्मको सबै कुरा आइसक्यो । फिल्म मात्रै आएन ।

तनाव छ नी पल र पूजालाई । फिल्म नआएपनि उनीहरुले म्यूजिक भिडियोमा भने काम गरिरहेका छन् । तर, उनीहरुले काम गरेको भिडियो पनि चलेन । बरु, फिल्म नै चलेको हो । भिडियोमा कसको आँखा लाग्यो बरै ।

पल र पूजाको फिल्म नआएपनि उनीहरु फिल्मको नाम छुटाउदैनन् । म यस्तो गीत गाउँछु २ जोडी भन्न छोड्दैनन् । सकेको प्रचार त गरेका छन् फिल्मको । तर, विडम्बना फिल्म कहिले आउँछ । कोरोना त सकिने छाटकाट छैन । कुर्ने कहिलेसम्म हो दर्शकले खै ।