३ महिना देखि सञ्चालनमा आएको फिल्म हल पुनः बन्द

३ महिनापछि पुनः फिल्म हल बन्द हुने भएको छ । देशभरका कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले रात्रिकालिन व्यवसायसँगै फिल्म हल तथा भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । फिल्म हल पटक पटक बन्द भएका कारण करोडौ रुपैया आटा व्यहोर्नु परेको छ ।
गतवर्ष पनि कोरोनाका कारण १० महिना हल बन्द हुन पुगेको थियो । हलवाला घाटामा व्यहोरिएको भन्दै फिल्मकर्मीले सरकारलाई लक्षित गर्दै बिभिन्न चरणको आन्दोलन गरेका कारण गत माद्द १ गतेबाट हल खोल्न सरकारले अनुमति दिएको थियो । सरकारले आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालन गर्ने, हल बेलाबेलामा सेनेटाइज गर्नेलगायत सहमतीमा सरकारले केही महिना पहिले मात्र फिल्म हल खोल्न अनुमति दिएपछि हल सञ्चालनमा आएको थियो । हल खुलेसँगै यता चार वटा फिल्म प्रदर्शन भइसकेका छन् ।