कोरोना संक्रमण पछि मदनकृष्णले भने,‘भाइरसलाई खेलाँची नगर्नु होला’

- मेराेफिल्म

चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ सहित परिवारका ५ जनालाई कोरोनासंक्रमण पुष्टि भएको छ । कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

आज आफ्नो ७१ वर्ष पुगेको जन्मदिन मनाइरहेका बेला उनले आफुलाई कोरोना संक्रमण देखिएको भन्दै सारै गारो भएको बताएका छन् । ‘म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना संक्रमण देखिएको छ ! कोरोना भइसके पछि सास्ती चाही सारै हुने रहेछ । त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला !’

उनले आफ्नो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यबाद दिएका छन् । कोरोना पुष्टि भएपछि उनी परिवारसँग घरमै आइसोलेसनमा बसेका छन् । मदनकृष्णले आफूसहित परिवारलाई कोरोना देखिएको बताएपछि सामाजिक सञ्जालमा फिल्मकर्मीदेखि शुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

https://www.facebook.com/yourMadanKrishnaShrestha/posts/318691529615075

 

२०७८ वैशाख ६ गते १९:५७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *