प्रमोदको ‘प्रेमको चिनो’ मा समिर र उषाको फिचर्ड

गायक प्रमोद खरेलको आवाजमा रहेको ‘प्रेमको चिनो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको गीतमा मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरेका छन् । डि. आर. लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा रहेको छ ।

निशान एस के.को निर्देशनमा बनेको भिडियोमा दीपक गिरीको छायांकन , निरन्जन केसीको सम्पादन रहेको छ । ‘प्रेमको चिनो’ गीतको भिडियोमा समिर खान र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ ।