कमेडी च्याम्पियनका प्रतियोगीमा कोरोना पोजेटिभ,एक साता सर्यो रियालिटी शो

कमेडी च्याम्पियन’ सिजन–२ का एक प्रतियोगीमा कोभिड–१९ संक्रमण देखिएको छ । प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि कमेडी च्याम्पियन सारेको आयोजकले जनाएको छ ।

कमेडी च्याम्पियनको आधिकारिक सामाजिक सञ्जालफेबुकमार्फत प्रतियोगीमा कोरोना देखिएको र टप –९ को छायांकन एक हप्तापछि सारिएको जानकारी दिएको छ । त्यस्तै च्याम्पियनकी निर्मात्री केकी अधिकारीलाई समेत कोरोना  देखिएको छ ।

कोरोना पोजिटिभ देखिएपछि केकी होम क्वारेन्टाइनमा छिन् । कमेडी च्याम्पियनका प्रतियोगीमा कोरोना पोजेटिभ देखिए क्वारेनटिन र आइसोलेसनको व्यवस्थासमेत निर्माण गरिएको छ । सामाजिक सञ्जालमार्फत नै निर्माण टिमले दर्शकलाई समेत सावधानी अपनाउन आग्रह गरेको छ ।