घिन्ताङलाई जहिल्यै समस्या


निर्देशक दीपक श्रेष्ठले ८ बर्षपछि फिल्म घिन्ताङको निर्देशन गर्ने तयारी गरे । फिल्मका लागि एलिजा गौतम अभिनेत्रीमा फाइनल भइन् । फिल्मको काम सुरु गर्ने भन्दै गर्दा एलिजाले फिल्म छाडिन् ।

बल्ल बल्ल लक्ष्मी वर्देवालाई फिल्मका लागि अभिनेत्री चुनेर मुहुर्त पनि गरे । काम सुरु गर्ने भन्दै गर्दा दीपकलाई कोरोना भयो । कोरोना भएपछि फिल्मको काम सुरु भएन । लक्ष्मीले अर्को फिल्मका लागि भनेर यो फिल्म नगर्ने भइन् । समस्या सुरु भयो ।

समस्या हुँदै जाँदा केकी अधिकारी अभिनेत्री काम गर्न तयार भइन् । केकीलाई अभिनेत्री राखेर सोमबारदेखि काम सुरु गर्ने फाइनल । काम सुरु हुनै लागेको थियो केकीलाई कोरोना । कोरोना लागोस् भनेर लाग्ने त होइन ।

तर, काम सुरु हुनै लाग्दा दीपकलाई सुरु गर्ने नै गाह्रो परिरहेको छ । सुरुमा गाह्रो भएनी फिल्म राम्रो बनेर चलेत दीपकले श्वास लामो फेर्लान् ।