सलमानको ‘राधे’ बैशाख ३० मा हल र ओटीटीमा

- मेराेफिल्म

बलिउड अभिनेता सलमान खान स्टारर फिल्म ‘राधे’ बैशाख ३० गते हाइव्रिड मोडेलमा रिलिज हुने भएको छ । बुधबार सलमान खान फिल्मसले एक विज्ञप्ती जारी गर्दै बैशाख ३० गते हल र ओटीटी प्लेटफर्ममा एकसाथ फिल्म प्रदर्शन गर्न लागिएको हो । कोरोनाका कारण धमाधम फिल्म पोस्टपोन्ड भइरहेको बेला यो फिल्मले स्थगित गरेन ।

सबै फिल्म रिलिज स्थगित गर्दै बसेपछि यो फिल्म पोस्टपोन्ड हुने अपेक्षा गरिएको थियो । तर, हाइव्रिड मोडेलमा फिल्म प्रदर्शन हुने निश्चित भएको हो । जी नेटवर्क र डीटीएच अप्रेटरका ओटीटी प्लेटफर्ममा शुल्क तिरेर दर्शकले फिल्म हेर्न पाउने भएका छन् । कोरोनाको महामारी बढिरहेको बेला भारत सरकारले विभिन्न स्थानमा लकडाउन लगाइसकेको छ । भारतको महाराष्ट्रमा अप्रिल अन्त्यसम्म लकडाउन लागु गरिएको छ । यदि लकडाउन लम्बियो भने फिल्मको हल रिलिज प्रभावित हुन सक्ने छ ।

२०७८ वैशाख ९ गते ८:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *