तीन दिनमै कोरोनालाई जितेकी केकीले भनिन्, ‘आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस्।’

- मेराेफिल्म

अभिनेत्री केकी अधिकारीले कोरोनालाई जितेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना लागेको तीन दिनमा कोरोना परिक्षण गराउँदा नेगेटिभ आएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘ केही दिन अघिको हावापानीबर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो ।

नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु। यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहान्छु। हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ । यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस्।’

२०७८ वैशाख ९ गते ११:१९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *