अदिती लुक्स रिलिज नगर्नु है

- मेराेफिल्म


नेपाली कलाकारलाई भन्ने के । फिल्मको सेटमा गएपछि फोटो राखेको राखै गर्छन् । फिल्ममा आफ्नो भूमिका के हो ? कस्तो गेटअप छन् सबै आउट । फिल्म आउँदासम्म खल्लो खल्लो भैदिने ।

यस्तो गर्न सबै कलाकार सिपालु छन् । अदिती वुढाथोकी पनि फोटो क्रेजी । उनी, इन्स्टाग्राममा दैनिक फोटो राखेको राखै गर्छिन् । उनको फोटोमा लाइक नी आउँछ है खतरा नै ।

अदिती बाबरीको छायांकनमा छिन् । लेटाङबाट भैरहेको छ फिल्मको छायांकन । अब, अदितीबाट डर के भने बाबरीमा उनको लुक के के हो सबै रिलिज गर्दिने हुन् कि भन्ने । दैनिक फोटो आएको आई नै छ लेटाङबाट ।

अदितीको फोटो क्रेजले उनको फिल्म बनाउने टिमले हैरानी व्यहोर्न नपरोस् । हामीले भन्ने त यत्ती न हो ।

२०७८ वैशाख ९ गते १४:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *