‘राधे’को ट्रेलरमा ‘वान्टेड’को झल्को

- मेराेफिल्म

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’को ट्रेलर सार्वजनिक गरिएको छ । बलिउडका लोकप्रिय निर्देशक प्रभु देवाको निर्देशनमा तयार भएको फिल्मको ट्रेलर एक्सनले भरिपुर्ण रहेको छ ।

फिल्मको ट्रेलर रिलिज भएपछि धेरैले फिल्म ‘वान्टेड’कै झल्को दिएको टिप्पणी गरेका छन् । फिल्मको ट्रेलरमा सलमान र अभिनेत्री दिशा पटानीको रोमान्स देख्न सकिन्छ ।
यस फिल्मको ट्रेलरमा भारतको मुम्बइमा फैलिएको ड्रग्सको धन्दा र अपराधको विषयवस्तुलाई देखाउन खोजिएको छ । फिल्ममा भिलेनको भुमिकामा रणदीप हुड्डा देखिएका छन् ।
यो फिल्मलाई निर्माण पक्षले आगामी मे १३ मा विश्वभर रिलिज गर्ने बताएको छ । निर्माण पक्षले फिल्मलाई हल र ओटीटीमा एकसाथ रिलिज गर्ने बताएको छ । कोरोनाका कारण भारतका अधिकांश राज्यमा हलहरु बन्द भैरहेता पनि खुलेको हलमा फिल्म प्रदर्शन गर्ने र फिल्मलाई पुन चलायमान बनाउने निर्माण पक्षको दावी छ ।

 

२०७८ वैशाख ९ गते २०:१० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *