हल्लै हल्लामा उपासना


उपासना सिंह ठकुरी चर्चामा रहिन् नी त अब । किनकी, उनका बारेमा हल्ला चल्न थाले । फिल्ममा खेल्ने नखेल्ने टुंगो नलागेपनि उनको नाम जोडिन थाल्यो । हल्लै हल्लाको बजार । उपासना पनि प्रवेश गरिन् ।

फिल्म सत्यम्को कुरा हो यो । उपासना सिंह ठकुरी यो फिल्ममा हुन मात्र बाँकी । लिखित संझौता हुन बाँकी । अरु कुरा फाइनल भएको हो कुरा ।

सबै जना फाइनल भए । उपासना पनि फाइनल जस्तै हुन् भनेर भनिएको हो नी ।

तर, उपासना सिंह ठकुरी सत्यम्मा नहुने देखिदैछ । किनकी, उनका लागि कुरा भएको भूमिकामा अरु कलाकारसँग कुरा अघि बढेको छ ।

उपासना त बरु, मिरर तिर लागेकी छिन् । आर्यन सिग्देल अभिनेतासँग नै उनी मिररमा काम गर्दैछिन् । भनेपछि, सत्यम्मा त उपासनाको हल्ला मात्रै त भयो ।