कोरोना कहरबीच मनाङ पुगे राजेश र अनुप (फोटोफिचर सहित)

राजेश हमालको नयाँ फिल्म दर्शकले हेर्न नपाएको पनि लामै समय भइसकेको छ । म्युजिक भिडियोमा अभिनय गर्दै समय कटाइरहेका राजेश हमाल पछिल्लो समय फुर्सदमा छन् ।

कोभिडको दोस्रो लहर सुरु भएसँगै उनी कोभिडको कहर छल्न मनाङ पुगेको खबर दिएका छन् । उनले सामाजिक सञ्जालमा आफु मनाङको यात्रामा रहेको बताएका हुन् । उनीसँगै अर्का अभिनेता प्रशान्त ताम्राकार पनि रहेका छन् ।

सामाजिक सञ्जालमा समेत सक्रिय रहेका हमाल मनाङको साँघुरो र कठिन बाटोमा लङ–ड्राइभ गर्दा रोमाञ्चक अनुभव भएको बताए । गाडीको यात्रामा आफूलाई त्यहाँको प्राकृतिक सौन्दर्यले लोभ्याएको भन्दै प्रकृतिको बयान गरेका छन् ।