अक्षयको कोरोना पिडितलाई एक करोड सहयोग

बलिउडका अधिंकाश कलाकार समाज सेवामा सक्रिय रहदै आएका छन् । कोरोना कहरका बेला आपत्मा परेकालाई कलाकारले आर्थिक तथा अन्य सामाग्री सहयोग गर्दे आएका छन् । कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतमा अधिंकाँश कोरोनाका कारण ज्यान गुमाइरहेका छन् । यस कारण अभिनेता अक्षयकुमारले कोरोना पीडितका लागि एक करोड सहयोग दिएका छन् ।

अक्षयले कोरोना पीडितका लागि एक करोड दिने सहयोग गर्न लागेको खबर क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले सामाजिक सञ्जालमार्फत पुष्टि गरेका हुन् । उनले लेखेको स्टाटसमा अक्षयले खाना, औषधी र अक्सिजनका लागि सहयोग गर्न लागेका हुन् ।

गौतमले ट्वीटमार्फत अक्षयकुमारको सहयोगको बारेमा जानकारी दिदै लेखेका छन्,‘ दुःखद समयमा हरेक एकको मद्दत आशाको किरण जस्तै हो । अक्षयकुमारलाई पनि धन्यवाद भन्न चाहान्छु । उनले आवश्यक मानिसको खाना, औषधी र अक्सिजनका लागि गौतम गम्भिर फाउन्डेशनलाई एक करोड सहयोग गर्ने बचन दिएका छन् । भगवान उनलाई आर्शिवाद दिनुहोस्’
गौतमको ट्वीटलाई अक्षयले रिप्लाई स्वरुप लेखेका छन्,‘ यो साँच्चिकै मुस्किलको समय हो । मलाई खुसी लागेको छ, कि म मद्दत गर्नसक्छु । आशा गर्छु, छिट्टै यो समय पार होस् ।’