प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

गायक तथा अभिनेता प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो कोरोना टेष्ट गर्दा रिपोर्ट पोजिटिभ देखिएको बताएका छन् । उनले आफुलाई कोरोना पोजेटिभ देखिएपछि आफू होम आइसोलेसनमा रहेको जानकारी दिएका छन् । आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह समेत गरेका छन् ।

प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्,‘अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने÷ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए ।

म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ! प्रकाशले केही दिन अगाडि ‘के यो देश मेरो होइन र’ बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए ।