कोरोना जितेका मदनकृष्ण भन्छन्,‘जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस गरेँ’

एक साता अघि कोरोना संक्रमित भएका कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्जार्च भएका छन् । उनी सहित परिवारका ५ जनामा नै कोरोना संक्रमित भएको कुरा उनले सामाजिक सञ्जालमा जानकारी दिएका थिए ।

त्यसको दुइदिनपछि स्वासप्रस्वासमा समस्या तथा कमजोर महसुस भएपछि बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका मदनकृण कोरोनालाई जित्दै शुक्रवार साँझ डिस्चार्ज भएका हुन् । उनले फेसकुकमा एक भिडियो सन्देशमार्फत् आफु डिस्चार्ड भएको र आफ्नो स्वास्थयलाभको कामना गर्ने सबैमा धन्यबाद दिएका छन् । साथै सतर्क रहन समेत सबैमा अनुरोध गरेका छन् ।

कोभिडलाई जितेका मदनकृष्णले संसारलाई महासंकट परेको यो दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न आग्रह गरेका छन् । उनले जिन्दगी केहि नभएको उल्लेख गर्दै फलाम छु जस्तो लाग्ने शरिर कमजोर भएको बताएका छन् । उनले आफु कोरोना संक्रमित हुँदाको अनुभव सुनाएका छन् । उनले भिडियो सन्देशमार्फत कोरोनाले शरीर एकदमै गल्ने बताएका छन् ।

उनले भनेका छन्,‘जिन्दगी केही रहेनछ । आफ्नो शरीर फलाम जस्तो लाग्थ्यो । पहाड फोड्दिऊँजस्तो लाग्थ्यो । हावा रहेछ सबै । त्यसैले यो समयमा कसैले कसैलाई पोटिकल इखविख बोकेर आफ्नो मनलाई फोहोर नबनाऊँ । सबैले सबैको भलाई सोच्यौं भने राम्रो हुन्छ । एकले अर्काप्रति बैमनस्यताको भाव पालेर केही फाइदा छैन । राक्षसपन पलाउनु मात्र हुन्छ शरीरमा । ‘जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस गरेँ । पहिलाको कोरोनाले इम्यूनिटी पावर जिरो बनाउथ्यो । तर, इनर्जी पावर चाहिँ केही बाँकी रहन्थ्यो । तर, अहिलेको कोरोना ठिक उल्टो लाग्यो । इम्यूनिटी पावर केही बाँकी रहन्छ तर इनर्जी पावर शुन्य हुन्छ । शरीरमा इनर्जी नै छैन ।’
https://www.facebook.com/watch/?v=330817235072801&t=0