गोपी र विन्दुको ‘‘झिम झिम परेली’को टिकटक बनाए २५ हजार

दर्पण नेपालको प्रस्तुतिमा गोपी दाहालको ‘झिम झिम परेली’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गोपी दाहाल र विन्दु परियारको स्वरमा रहेको गीतलाई गोपीले नै लेखेका हुनु् । गीतमा संगीत राजेन्द्र बजगाईले दिएका छन् । हालै सार्वजनिक भएको गीतको भिडियोमा रिचा थापा र कमल सिंहको अभिनय रहेको छ । पोखराका विभिन्न स्थानमा छायांकन गरिएको यस भिडियोलाई कमल राइले निर्देशन गरेका हुन् ।
भिडियोमा संजित के. घिसिङ र बिशाल थापाको छायांकन, तारा थापा ’किम्भे’ को सम्पादन, श्याम कुँवरको कलर र सुमित गुरूङको कोरियोग्राफी रहेको छ । पछिल्लो दर्शक सामाजिक सञ्जाल टिकटकमा रमाइरहेका बेला यस गीतको निर्माण टिमले यसै गीतको टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटकमा जसले बढि फलोअर्स बटुल्न सक्छ उनलाई विजेता घोषणा गरिने छ । प्रतियोगिताको विजेताका लागि २५ हजारको धनराशी प्राप्त गर्ने आयोजकले बताएको छ ।

निर्माण टिमले यसको केहि नियमहरु बनाएको छ । निर्माण टिमका अनुसार ‘झिम झिम परेली’ को गीत र अफिसियल भिडियो रिलिज भए लगतै गीतको कुनै पनि अंशको टिकटक बनाउन पाइनेछ । टिकटक बनाए पछि उक्त टिकटक भिडियोको लिंकलाई कपि गरेर गोपी दाहाल अफिसियल फेसबुक पेजमा गएर मेसेज बक्समा गएर टिकटक भिडियोको लिंकलाई राखेर मेसेज गरी पठाउनुपर्नेछ । साथै गोपी दाहाल अफिसियल फेसबुक पेजलाई लाईक तथा शेयर समेत गरेको हुनुपर्नेछ ।

त्यसपछि सबै टिकटक भिडियोलाई हेरेर त्यसमा आएका लाईक, कमेन्ट, भिवर्स र अभिनय सबैलाई मुल्यांकन गरेर निर्माण टिमले एक जना बिजेता घोषणा गर्नेछ र उक्त बिजेताले २५,००० नगद पुरस्कार र दर्पण नेपालको प्रस्तुतिममा निर्माण हुने अर्को म्युजिक भिडियोमा अभिनय गर्न पाउने अवसर प्राप्त गर्नेछ ।