यौन दुर्व्यवहारको आरोप लागेपछि नोएल निलम्बित

ब्रिटिस अभिनेता तथा फिल्ममेकर नोएल क्लार्क यौन दुव्यवहारको आरोपमा निलम्बित भएका छन् । २० जना महिलाबाट यौन दुर्व्यवहारको आरोप उनीमाथी लागेपछि उनलाई बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन आर्टस) बाट निलम्बित गरिएको हो । द गार्डियन इन्भेस्टिगेटिभ आर्टिकलका अनुसार अफ र अन रेकर्डमा धेरै महिलाहरुले उनीसँग कामगर्दा गरेको यौन दुर्व्यवहार गरेको आरोप छ ।


उनीमाथी आरोप लगाएपछि बाफ्टाले नोएललाई निलम्बन गरि उनलाई प्रदान गर्न लागेको गरेको अवार्ड पनि रद्द गरेको छ । एक विज्ञप्ती मार्फत भनिएको छ, ‘द गार्जियनमा नोएल क्लार्कसम्बन्धी आएको गम्भीर दुराचारको आरोपको आधारमा बाफ्टाले तत्काल र अर्को सूचना नआएसम्मका लागि उनको सदस्यता र उत्कृष्ट ब्रिटिश योगदानलाई रद्द गर्ने निर्णय गरेको छ ।’

त्यस्तै अभिनेताले पनि आफू निर्दोष रहेको र आफु विरुद्धको आरोप झुटो भएको बताएका छन् । उनले एक विज्ञप्ती जारी गर्दै ‘म कुनै पनि यौन दुर्व्यवहार र आपराधिक गलत कार्यको तीव्रताका साथ अस्वीकार गर्छु । हालसालैको रिपोर्टले प्रस्ट पारेको छ कि मेरो अभिप्राय नै नभएको र मैले महसुस नै नगरेको केही कार्यले केही व्यक्तिहरुलाई असर पुगेको छ । ती व्यक्तिहरुसँग म माफी माग्न चाहन्छु । म आफैँलाई शिक्षित बनाउन र अझै राम्रोको लागि परिवर्तन हुन प्रोफेसनल सहयोग लिनेछु ।’