संक्रमितको उपचारका लागि आफ्नो बाइक बेच्दै अभिनेता हर्षवर्धन

- मेराेफिल्म

भारतमा कोरोना संक्रमितको संख्या दैनिक मात्रामा लाखौ बढिरहेका छन् । यस विषयमा बलिउडका कलाकार चिन्तित बनेका छन् । उनीहरु आफ्नो क्षमतले भ्याएसम्म आर्थिक जुटाइरहेका छन् ।

बलिउड अभिनेता हर्षवर्धन राणे कोरोना संक्रमितको उपचारका लागि पैसा जुटाउँदै आएका छन् । आर्थिकका लागि सबैसँग अपिल गर्दै उनले आफ्नो प्यारो लक्जरियस बाइक पनि बिक्रीमा राखेका छन् । नवभारत टाइम्सका अनुसार उनी आफ्नो बाइक बेचेर कोरोना संक्रमितहरुलाई अक्सिजन उपलब्ध गराउन खोज्दै छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा बिक्रीमा राखेको त्यही बाइक सफा गर्दै गरेको फोटो राख्दै अभिनेता राणेले लेखेका छन्,‘म मेरो बाइक दिएर आवश्यकहरुका लागि अक्सिजन कन्सन्ट्रेटर लिन खोजिरहेको छु । कृपया हैदराबादमा राम्रो कन्सन्ट्रेटर फेला पार्न मेरो सहयोग गर्नुहोस.।’
उनको यो भनाईलाई धेरैले तारिफ गरेका छन् । फिल्म ‘सनम तेरी कसम’ र ‘पलटन’बाट चर्चामा आएका अभिनेता हर्षले दर्जनौ फिल्ममा अभिनय गरेका छन् । त्यस्तै, गत वर्ष आफैँ कोरोना संक्रमित बनेका उनी उपचारको क्रममा आईसीयूमा पुगेका थिए ।

 

२०७८ वैशाख १९ गते १३:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *