कलाकारले थाले कोरोना संक्रमितको लागि निःशुल्क एम्बुलेन्स सेवा

नेपाली कलाकारले पनि कोरोना संक्रमितको चाप बढ्न थालेपछि सर्वसाधारणको सेवाका लागि अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । एक दर्जन कलाकार तथा समाजसेवी सहितको टोलीले यो निशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छन् ।

यो व्यवस्था गर्नेमा अभिनेता निखिल उप्रेती, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आइजिपी नेपाल प्रहरी सर्वेन्द्र खनाल, डा. सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधानलगायत रहेका छन् ।

यो एम्बुलेन्स आर्थिक अवस्था कमजोर भएकोलाई राहत मिल्ने उनीहरुले बिश्वास लिएका छन् । यो सेवा १५÷१५ हजार उठाएर कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा सुरु गरेको कलाकार घिमिरेले जानकारी दिएका छन् ।