साराको सही व्यक्ती कहिले आउलान् ?


सारा सिर्पाली । प्रेम चर्चा त हुन्छ नी यी अभिनेत्रीको । मौन छिन् । आफ्नो दुनियाँमा मौन । कम बोल्ने, कम चर्चामा आउने । अहिले त उनी प्रकृतीसँग रमाउँदैछिन् । साराको यो मौनता केका लागि ?

अभिनेता अनमोल केसीसँग उनको प्रेमको कुरा चलेको हो । साराले भन्न खोजिन्, अनमोलले भनेनन् । कुरा यतीकै सकियो । अहिले त दुबैले इन्स्टाग्राममा अनफलो गरेका छन् । यही भएर पनि प्रेम थियो भने सकियो होला भनेर नै वुझ्ने त होला ।

सारालाई पनि वैशाख महिना लागेपछि बिहेको बिषयमा प्रश्न आउन थालेको छ । उनलाई उनका फ्यानले बिहे कहिले गर्ने भनेर सोधेका छन् । साराले जब कोही राम्रो मानिस सही समयमा एक्लै आउँछ भनेर भनेकी छिन् ।

उनको लागि सही मानिस कहिले आउला, उनी त कुर्दै छिन् । हामी त भन्छौ, उनका लागि सही मानिस चाडै नै आउन् ।