कोरोना संक्रमित भएका रणधीरको स्वास्थ्यमा सुधार

मुम्बई । बलिउड अभिनेता रणधीर कपुरको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट सिफ्ट गरिएको छ । केहि दिन अघि कोरोना सक्रमित भएपछि कोकिलाबेन अस्पतालको आईसीयुमा भर्ना भएका भिए । यसबारेमा अभिनेता कपुर आफैंले आफ्नो स्वास्थ्यको बारेमा जानकारी गरराउँदै आएका छन् ।

उनले भारतिय मिडियासँगको कुराकानीमा आफु ठिक हुँदै गएको र केहि दिनमा घर फर्किने बताएका छन् । उनले भनेका छन्,‘‘मेरो हातले पहिलेभन्दा निकै सुधार भएको छ । आशा छ छिट्टै घर फर्किनेछु । मेरो कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । सास फेर्न पनि गाह्रो छैन ।’ कोरोना भ्याक्सिन दुबै डोज लगाएका अभिनेता रणधीरलाई पुन कोरोना संक्रमित भएको थिए ।