जे होस्, प्रियंकालाई चर्चा चाहिन्छ


चर्चाको भोग त कलाकारमा हुन्छ नै । कलाकारको गुण नै हो भनौ नी होइन । काम भएपनि नभएपनि चर्चा । नत्र त निद नै हराम हो नी । यो कुरामा अभिनेत्री प्रियंका कार्की कती हो कती अघि छिन् । उनलाई कसले सक्ने । फिल्म होस् या नहोस्, उनलाई ध्यान खिच्न आउने नै हो ।

गर्भवती भएपछि उनले दैनिक फोटो पोष्ट गरेकी छिन् । गर्भवती त अरु कलाकार पनि छन् । तर, प्रियंकालाई मात्र यती धेरै चर्चाको भोक किन हो कुन्नी ।

बेबी बम्पमा मेकअप गरेर बच्चा बनाएर उनले जुस पिलाइन् । उनको आफ्नो क्रियशन पटक्कै होइन यो । तर, उनले विदेशी कलाकारको नक्कल गरेर भएपनि चर्चा पाइन् ।

गाली र तालीसँग त उनलाई मतलब नै छैन । बदनाम हुनु, गुमनाम नहुनु भन्ने कला क्षेत्रमा हिट उखान छ । यो उखान लागू हुन्छ कार्कीमा ।

कार्कीको यो फोटोले गाली बढी पायो । उनलाई के मतलब । चर्चा त भयो नी ।