कसरी अभिनेत्री भइन् त वर्षा ?


चाहना मनको भने जस्तै त हो जीवन । चाहना एकातिर हुन्छ, भइन्छ अर्को भनेर भनौ । अभिनेत्री वर्षा राउतलाई नै हेरौ नै । उनको सानैबाटको चाहना के रहेछ त । सोधे एक जना फ्यानले उनलाई । उनको जवाफ त आश्चर्य चकित बनाउने खालको नै छ ।

के भन्दा, उनलाई त वैज्ञानिक, पाइलट, अन्तरिक्ष यात्री बन्न मन लागेको रहेछ । यी सबै कुरा बन्न मन लागेकी वर्षा कसरी अभिनेत्री भइन् होला भनेर पनि सोचौ न ।

सोच एकातिर, काम अर्कोतिर । दुबैको त मेल नै नहुने । तर, काम गर्दै गर्दा वर्षा मोडल, अभिनेत्री भइन् ।

फिल्ममा काम राम्रै पाइरहेकी पनि हुन् । चर्चा पनि छ । घरजम पनि राम्रो छ । जमेको छ करिअर भनेर भन्दा भयो । तर, वर्षाको वैज्ञानिक, पाइलट, अन्तरिक्ष यात्री बन्ने चाहना वास्तविक जीवनमा त पुरा भएन, फिल्ममा भएनी पुरा गर्ने नी त अब ।