सक्किगोनिका काकुलाई कोरोना संक्रमण

नेपाली दर्शकमाझ लोकप्रिय हास्य टेलिचलचित्र ‘सक्किगोनि’का कलाकार दीपक प्रसाद आचार्य (काकु)लाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् ।

उनले सामाजिक सञ्जलाल फेसबुकमा लेखेका छन्,‘गत बुधबार सक्किगोनिको सुटिङ्ग बाट फर्किए लगत्तै हल्का ज्वोरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो समस्या बढ्दै गएपछि कोभिड टेस्ट गर्दा रिजल्ट पोजिटिभ आएको छ । म होम आइसोलेसनमा मेरी श्रीमतीको उच्च रेखदेख र केयर मा छु । मनोवल उच्च छ ! आशा छ म चांडै कोभिड सङ्गको लडाइमा विजयी हुनेछु ।

केहि दिन यता मसङ प्रत्यक्ष सम्पर्कमा रहनु भएका ब्यक्तिहरुलाई कोभिड टेस्ट गराइ सुरक्षित रहनु हुन अनुरोध गर्दछु । सोचे जति सामान्य हुदै हैन यो महामारी । तर सबै मिलेर अवस्य पनि यसलाइ जित्ने छौ । मोबाइलको स्क्रिन पटक्कै हेर्न मन लाग्दैन । स्वास्थ्य अवस्था सामान्य हुना साथ तपाइहरुसंग जोडिने छु । अन्त्यमा भन्नै पर्ने कुरा सरकारको मात्र भर न परौँ । तपाइँ हाम्रो जिन्दगी आफ्नै अधिन मा छ । ‘जीवन बाचुन्जेल लाइ हो नी, सकिय पछि त सक्किगोनी ’