‘मिस युनिभर्स २०२१’ मा सहभागी हुन अमेरिका उडिन् अनिष्का

‘मिस युनिभर्स २०२१’ मा सहभागी हुन लागि अनिष्का शर्मा अमेरिका उडेकी छन् । उनी सोमबार साँझ त्यसतर्फ उडेकी हुन् । ‘मिस युनिभर्सल नेपाल २०२०’ की विजेता समेत रहेकी अनिष्का शर्मा ६९ औं मिस युनिभर्समा सहभागी जनाउन अमेरिका प्रस्तान गरेकी हुन् ।

उनी केही दिनपछि मात्र अमेरिका जाने भनिएता पनि नेपालमा जारी लकडाउन र सरकारले २२ वैशाखबाट अन्तर्राष्ट्रिय उडान समेत बन्द गर्ने निर्णय गरेको कारण समय अगावै अमेरिका प्रस्तान गरेकी हुन् । यस मिस युनिभर्सको नयाँ संस्करण मे १७ तारिखमा अमेरिकाको फ्लोरिडामा आयोजना हुँदैछ ।