सलिनमान फिल्ममा फर्किने कहिले ?


अभिनेता सलिनमान बनियाँ । देशमा होस् या फिल्ममा होस् है, जती नै जे भएपनि नबोल्ने । उनको बोली सुन्न कती गाह्रो हो भनेर भनौ । सलिनमान बनियाँ नबोलको कती भयो । यात्रा रिलिज भएको २ बर्ष धेरै भएको पनि छ । यसपछि त यी हिरो बोलेका होइनन् ।

सामाजिक संजालमा झुल्किन्छन् । खेल खेल्छन् अनलाइनमा । खाएको कुरा वा खादै गरेको पोष्ट गर्छन् फोटो । प्रेमिकासँगको फोटो पनि आइरहन्छ । तर, उनको कुरा आउन्न । सलिनमानलाई नेपाली फिल्म नरुचेको हो कि के हो भनेर सोधौ न । सलिनमान बनियाँ लागेका छन् २६ बर्ष आजबाट । जन्मदिन मनाउँदैछन् उनी । यो समयमा उनको जन्मदिन परिवारसँग मात्र छ भनेर भनिराख्न पनि नपर्ला ।

सलिमान बनियाँ फिल्ममा चै कहिले फर्किएलान् ? किन यती रिजर्भ उनी । फिल्मको घोषणा कुरिरहेका छन उनका फ्यान । जन्मदिनमा केही दिने कि सरप्राइज ।