फिल्मको काम रोकियो कि अमेरिका


फिल्म ए मेरो हजुर ४ बनेर रिलिज भैसक्नुपर्ने हो । तर, लाग्यो लामो समय यो फिल्मलाई । अभिनेत्री सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको लगानी फ्रिज भएको अवस्था हो भनेर भनौ ।

सुहाना थापाको दोश्रो फिल्म । रिलिज भैदिए त केही हुन्थ्यो कि । तर, हुदैन रिलिज । भदौको १८ गतेलाई तोकिएको छ मिति । अब, यो मिति पनि यता न उता होला जस्तो भयो भनेर भनौ ।

यो फिल्मको काम कती पटक रोकियो । ओहो, गनेर साध्य नै छैन । २ बर्ष अघि चैत्रमा रोकियो । फेरि सुरु भयो कात्तिक १ गते गतबर्षबाट । फेरि रोकियो । फेरि फागुणमा सुरु भयो । ३ सेड्यूल भैसक्यो ।

फिल्मको काम रोकिएपछि झरना, सुनिल र सुहाना भने अमेरिका उडिहाल्छन् । उनीहरु फेरि अमेरिका उडेका छन् । अमेरिका जाँदै गरेको फोटो राखेका छन्, कतारबाट । फिल्मको काम रोकियो कि अमेरिका उडिहाल्न किन यति रहर लागेको होला थापा परिवारलाई ।