‘सत्यम्’का लागि बनाएको ज्यान देखाउदै राजेश

राजधानीमा निषेधाज्ञा लाग्ने हल्ला चलेपछि मुस्ताङ हिडेका राजेश हमालले चाँडै अहिलेको परिस्थिति पार लाउन सकिने बताएका छन् । उनले उनले सामजिक सञ्जालमा व्यायाम गरिरहेको केहि थान तस्विर पोष्ट गर्दै अहिलेको जटिल परिस्थिति पार लगाइने बताएका हुन् ।

कोरोना संक्रमणका कारण सरकारले निषेधाज्ञा जारी गर्नु केहि दिन अघि नै मनाङ पुगेर फर्किएका हमालले यो अवस्था चाडै नै पार हुने आशा व्यक्त गरेका छन् । हमालले गत वर्षको लकडाउन पछि म्युजिक भिडियोमा अभिनय खेलेर चित्त बुझाएका थिए । त्यस्तै गतबर्ष नै फिल्म ‘सत्यम्’को छायांकन सुरु गर्ने भनिएता पनि सुरु हुनै पाएनन् ।

उनले यस फिल्मका लागि तयारी तिव्र रुपमा शरीर बनाउने र आफूलाई फरक गेटअपमा देखाउने तयारी हमालको थियो । तर उनको यो इच्छा कोरोनाले खाएपछि फिल्ममा फर्किने सोच सपनामा परिणत भएको छ।