फिल्ममा कहिले, भिडियोमा अहिले


अभिनेता राजेश हमाल र अभिनेता पल शाहले फिल्ममा काम गर्ने भए । भयो ठुलो हल्ला पनि । फिल्म सुरु भैहाल्छ, काम भैहाल्छ । राजेश हमाल पनि उत्साही । ज्यान पनि बनाए । फिल्म हो, सत्यम् । राजेश हमाल र पल शाहको फिल्म एकसाथ । थिएन त उत्साह ।

उत्साहकै विच फिल्मको काम भएन । सुरु हुने कहिले । अब त कोभिड नै बहाना । तनाव छ नी । फिल्म बनाउन सजिलो छैन । फेरि यो महामारीमा फिल्म बनाएर चलाउने कहिले हो ।

यस्तै सोच्न थाले निर्माता । फिल्ममा राजेश र पललाई हेर्ने दर्शकको चाहना पुरा कहिले होला । फिल्ममा पुरा होला कि नहोला, भिडियोमा भने पल र राजेश हमाल एकसाथ देखिए । फिल्ममा रहर पुरा हुने फाइनल कहिले हो, भिडियोमा भने भयो पुरा ।

हल्का हल्का लजाएर बोलको गीतमा पल र राजेश खेलेका छन् । राजेशलाई भगवान् भन्ने पल शाहको रहर त पुरा भयो । दर्शकको फिल्ममा नै हेर्ने रहर कहिले होला ?