सुगमले ल्याए ‘पुर्खा है मेरा खोटाङे’

लकडाउनको समयमा पनि गीत रिलिज हुनेक्रम रोकिएको छैन । घरमा बसेका आम स्रोता तथा दर्शकलाई नयाँ कोसेली स्वरुप गायक गायिकाहरुले पस्किरहेका छन् ।
यसैक्रममा गायक सुगम पोखरेलले ‘पुर्खा है मेरा खोटाङे’ गीत सार्वजनिक गरेका छन् । गीतमार्फत आफु जन्मेको र हुर्केको ठाउँलाई आधार मानेर आफ्नै स्वरमा गीत सार्वजनिक गरेका हुन् ।
उनको गीतमार्फत आफु खोटाङमा जन्मेको र मोरङमा हुर्केको भन्ने भाव गीतमा सुन्न सकिन्छ । गीतको शब्द संगीत सुगमकै रहेको छ । गीतको भिडियोलाई दिनेश थापाले खिचेका छन् सम्पादन हिमाल जोशीको छ ।