भुवनको ‘म मरे पनि चुरा पोते लगाउनु ’

संगीतकार भुवन सुप्तिाहाङ राईको संगीतमा ‘म मरे पनि चुरा पोते लगाउनु ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा गायक प्रविन बेडवालको स्वर रहेको छ ।

गीतको शब्द रचना खेमराज राई (आत्मा’)ले लेखेका छन् । आफु मरेपनि आफ्नो श्रीमतीलाई दुखी नहुँन गीतमार्फत आग्रह गर्दै मैले दिएको चिनो ‘चुरापोते’ नफाल्न भनिएको छ । अमेरिकामा बसोबास गर्दै आएका भुवन नेपाली सांगितिक क्षेत्रमा सक्रिय रहदै आएका छन् । गीतको भिडियोलाई स्टुडियोमा नै खिचिएको छ । गीतको भिडियोलाई परिसिने संगीत  प्रा ली युट्युव च्यानलबाट अपलोड गरिएको छ ।