‘धारै नखोली’मा आकाश–आँचल र पूजा–रोशनको जोडी

- मेराेफिल्म

निर्देशक विधान कार्कीको निर्देशनमा तयार भएको ‘धारै नखोली’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

गीतमा रोशन अधिकारी र समिक्षा अधिकारीको स्वर छ । गीतको भिडियोलाई विधानले डान्सिङ नम्बरमा तयार पारेका छन् । सुकुटे विचमा खिचिएको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, आँचल शर्माको साथमा गायक रोशन अधिकारीको अभिनय हेर्न सकिन्छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

२०७८ वैशाख २४ गते १७:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *