हुम्लाबासीको पिडा समेटिएको ‘रेलको बाटो’ सार्वजनिक

कोरोना संक्रमित दिनदिनै बढिरहेको भन्दै देशभरका विभिन्न ठाउँमा सरकारले निषेधाज्ञा जारी गरिरहेको छ । यस्तो अवस्थामा गायक गायिकाहरुले आफ्नो आवाजका गीतहरु सार्वजनिक गरिरहेका छन् ।

यसैबीचमा गायिका स्मृति शाहीको स्वर रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको छ । मेल भर्सनमा यसअघि सुरज पण्डितको स्वरमा आएको यो गीतलाई फिमेल भर्सनमा सार्वजनिक भएको हो । यस गीतलाई शब्द लेखराज गिरीले कोरेका छन् । गीतको भिडियोमा कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लाबासीको पिडा देखाइएको छ ।

देशमा रेल चल्ने कुरा भएता पनि हुम्लावासीले अहिलेसम्म मोटर देख्न नपाएको कुरा भिडियोमा देखाइएको छ । एक महिना लगाएर खिचिएको भिडियोलाई लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको हो । गीतको भिडियोमा चिरञ्जीवी सापकोटा ,सरस्वती खत्रीका साथै स्थानीय कलाकारहरुले अभिनय अभिनय गरेका छन् ।